​विशिष्ट व्यक्तित्वको सुरक्षासम्बन्धी व्यवस्था

दक्षिण एशियाली मुलुकमा भिभिआइपी शब्दको ठूलो मार्केट छ । बाटो बन्द छ, दुवैतिर बाटो काट्न पर्खी बसेका सर्वसाधारणको भीड लागेको छ भने बुझ्दा हुन्छ, कुनै भिभिआइपीको सवारी हुँदैछ ।

यस खालको असहज वातावरण भारत मात्र होइन, नेपाल, पाकिस्तान र बंगलादेशमा पनि छ । कार्यालय खुल्ने र बन्द हुने समय होस् वा सर्वसाधारणको भीड लाग्ने बेला, घण्टौं बाटो छेकेर भिभिआइपीको सवारी चलाउने प्रचलन सामान्य बनिसकेको छ । नेपालको राजधानी काठमाडौंमा पनि यस्ता दृश्य वाक्क लाग्नेगरी दाहोरिएको छ । राष्ट्रपति, प्रधानमन्त्री होउन् वा विदेशबाट आएका राष्ट्राध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रीलाई लिन र छोड्न जाने बेला यातायात र आवागमन ठप्प पारेर सर्वसाधारणलाई दुःख दिनु साँझबिहान दालभात खानुसरह भएको छ । यो कुरालाई लिएर जनताले जति रोष प्रकट गरे पनि तिनैलाई अप्ठेरोमा पार्ने काममा कमी आएको छैन ।

यी चार मुलुकमध्ये नेपालमा केही समय पहिलासम्म राजतन्त्र थियो भने बाँकी ३ उपनिवेश हुन् । त्यसैले राजतन्त्रमा राजारानीको सवारी र औपनिवेशिक मुलुकमा गभर्नर तथा अन्यको सवारी हुँदाको परम्परा अद्यावधि चल्दै आएको छ । प्रजातन्त्र आइसकेपछि पनि प्रोटोकलको नाउँमा त्यस्तै चलन चल्यो । भारतमा यो विषय अदालतसम्म पुग्यो तर प्रशासन गम्भीर भएन । स्वर्गीय अटलबिहारी बाजपेयी यथार्थमा राजनेता थिए, राजनीतिज्ञ होइन । त्यसैले उनको कार्यकालमा जनतालाई दुःख दिने र अप्ठेरो पार्ने काम रोकियो ।

पछि मन्त्रिमण्डलको बैठकले नै निर्णय गरेर उनको यो काममाथि हस्तक्षेप ग¥यो । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश जोसुकै होउन्, तिनीहरु गुड्दा सडक आवागमनमा बाधा नपु¥याउन आदेश दिएका कारण उनको चौतर्फी तारिफ भएको छ । 

सबै देशका सरकारी अधिकृतहरूले यसो गर्नुपर्नाको कारण सुरक्षा हो भन्दै आएका छन् तर जानिफकारहरू यसलाई सरासर अवैधानिक मान्दछन् । युरोपेली मुलुक नर्वे, स्वीडेन र फिनल्याण्डमा राष्ट्राध्यक्षसमेत सर्वसाधारणसँगै हिँड्छन् । साइकल चलाएर आउजाउ गर्छन् । सवारीकै दौरान गोली हानेर जोनएपफ केनेडी मारिएको देश अमेरिका र अन्य विकसित मुलुकमा पनि यस्तो प्रचलन छ तर अमेरिकामा सेप्टेम्बर ११ को घटनापछि राष्ट्राध्यक्षलाई आफूखुशी हिँड्ने छूट छैन । 

दक्षिण एशियाका यी चारै मुलुकमा महात्मा गान्धीदेखि बेनजिर भुट्टोसम्मको हत्या भएको छ । त्यसैले सुरक्षा निकाय यस मामिलामा गम्भीर भएका हुनसक्छन् । तर तिनीहरू कसैको पनि सडकमा सर्वसाधारणसँग हिँड्दाको समय हत्या भएको होइन । उनीहरू प्रायः राजनीतिक ¥याली वा आमसभा हुँदा मारिएका हुन् । श्रीमती इन्दिरा गान्धी र बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको हत्या सुरक्षित आफ्नै निवासमा भएको हो । त्यसैले सडकमा आवतजावत गर्दा जनतालाई दुःख दिनुको कुनै सटिक कारण देखिँदैन । दायाँ–बायाँ, अगाडि–पछाडि सुरक्षाकर्मीको गाडी त हुन्छ नै ।

– सिके नायक, भारतीय पत्रकार संघका महासचिव

टिप्पणीहरू