​न्युयोर्क हैन ढाका

एउटै ठाउँमा दोहो¥याई–तेहे¥याई जाने र उही कुरा बोल्नुभन्दा फरक–फरक देश, फरक–फरक सन्दर्भका भेट, छलफल र कुराकानीका लागि केपी ओली इच्छुक देखिनुभएको छ । 

असोजमा पर्ने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यसचोटि न्युयोर्क नजाने र त्यसको सट्टा बंगलादेश भ्रमणको तयारी शुरु भएको छ । भर्खरै डा. बंशिधर मिश्रलाई राजदूत नियुक्त गरिएको उक्त देशको हवाई दूरी भारतको बराबरी छ, सवा घण्टाको । 

उता, संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गत वर्ष नै पुगेको कारण यसपटक प्रम आफैँ जान नचाहेको बताइन्छ । महासभामा उपप्रधानमन्त्रीमध्ये कोही वा परराष्ट्रमन्त्री जाने सम्भावना छ । त्यहाँ गएर स्थिर सरकार, शान्तिप्रक्रिया र समृद्धिका कुरा प्रमले गतवर्ष नै राखिसक्नुभएका कारण लामो समयदेखि भ्रमण नभएको मुलुक पुग्नु श्रेयष्कर ठानिएको प्रधानमन्त्री सचिवालयका एक सदस्य बताउँछन् ।

टिप्पणीहरू