​करिश्माको निम्तो क–कसलाई ?

करिश्मा मानन्धरले एसईई परीक्षा उत्तीर्ण गरेको खुशी शनिबार निकटस्थबीच साटिन् । तर, बोलाइएका कतिपय कलाकार नआइदिँदा मन खल्लो भएको छ ।

हिरोइन नम्रता श्रेष्ठले चलाएको एटिक लाउञ्ज बार, ज्ञानेश्वरमा करिश्माले जमघट आयोजना गरेर राजेश हमालसहित मनले खाएका कलाकार बोलाएकी थिइन् तर राजेश गएनन् । अभिनेता भुवन केसी, सरोज खनाल, रमेश उप्रेती, नृत्य निर्देशक वसन्तकुमार श्रेष्ठ, अभिनेत्रीमा रेजिना उप्रेती, सरिता लामिछाने, गीतकार विकास राणाहरू पहिलादेखि नै थिए । सरिताले पति ऋषिलाई पनि लिएर गएकी थिइन् ।

हास्य अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला, माग्नेबूढा, जितु नेपाल (मुन्द्रे) हरू केही ढिलो पुगेर छिट्टै निस्किए । निर्मल शर्मा (गैंडा) जमघट शुरु नहुँदै पुगिसकेका थिए । मान्छेहरूको उपस्थिति बढ्न थालेपछि उनी हराए । नृत्य निर्देशक गोविन्द राई, सम्झना बुढाथोकीहरूले शुरुदेखि नै साथ दिएका थिए । पत्रकार विजयरत्न तुलाधर, अनन्त वाग्ले, विदुर गिरीहरू पनि अन्तिमसम्मै बसे । कार्यक्रममा करिश्माले पढेको स्कुलबाट गत वर्षको एसईईमा सामेल करिब १५÷२० जना सहपाठीसहित सो स्कुलका शिक्षकको राम्रो उपस्थिति थियो ।

टिप्पणीहरू