​दारुपानीमा जुटेर सबले दनादन

संगीतकारद्वय सुरेश अधिकारी र महेश खड्काले हालै संस्थाको रकममा दारु पार्टी आयोजना गरे । स्रष्टाको रोयल्टीबापत प्राप्त करिब १ करोड २५ लाखको हिसाब केही समयअघि विशेष साधारणसभामा फस्र्योट हुन नसकेपछि यसअघिको कार्यसमितिका पदाधिकारीमाथि लागि कारबाही माग गर्दै रजिस्ट्रारको कार्यालयमा पठाइएको थियो । यसै वर्ष यातायात क्षेत्रबाट मात्र करिब २ करोड बढी रोयल्टी उठेको बताइन्छ । कारबाही गर्नुपर्ने निकायका पदाधिकारी यतिसम्म निकम्मा बने कि भ्रष्टाचार आरोप लागेकैहरूसँग गएर मस्तसँग दारुपानी पिए ।

कारबाहीका लागि सिफारिस गरिएको मान्छेको निमन्त्रणामा सानेपा पुगी अघिल्लो बिहीबार दिउँसोदेखि मापसे गर्नेमा चेतन सापकोटासहित भएको बताइन्छ । प्रकाश आचार्य नेपाल प्रतिलिपि रजिस्ट्रार्ड कार्यालयका हाकिम हुन् । यसअघि रोयल्टी संकलन समाजमा भ्रष्टाचार भयो भन्ने संगीतकार लक्ष्मण शेष पनि सानेपास्थित नेपाली चुलोमा  पुगेका थिए । साउन २ मा आयोजित उक्त पार्टीको बिल ८० हजारभन्दा बढी उठेको थियो । यस विषयमा जनआस्थाले प्रतिक्रिया लिन खोज्दा लक्ष्मण ‘स्टुडियोमा छु’ भन्दै तर्किए । उता, रजिस्ट्रार्ड प्रकाश आचार्यलाई जनआस्थाले सम्पर्क गर्दा उक्त कार्यक्रममा आफू सहभागी भएको स्विकारे । 

टिप्पणीहरू