​मिनाक्षी गइन् दुखाउँदै मन

चौतर्फी दबाबपछि संगीत रोयल्टी समाजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पदबाट मिनाक्षी कोइरालाले राजीनामा दिएकी छन् । अध्यक्ष महेश खड्काले कान्छी पत्नी मिनाक्षीसँग ६ वर्षअघि विवाह गरेका थिए । र, सुरेश अधिकारी अध्यक्ष हुँदै मिनाक्षीलाई जागिरे बनाएका थिए । सुरेशपछि महेश अध्यक्ष भए । एउटै संस्थामा श्रीमती सिइओ र श्रीमान अध्यक्ष भएको भन्दै आलोचना बढेको थियो । 

बोर्डको निर्णयबाट मिनाक्षीलाई हटाइएको हो । सुवास रेग्मी, महेश खड्का, चन्द्र शर्मा, शशी शर्मा, शिरिष देवकोटा, पिएन सापकोटा सम्मिलित बोर्डले सिइओ हटाउने निर्णय गर्दा महेशले प्रतिवाद गर्दै रोयल्टी व्यवस्थापनमा आफूले ठूलो योगदान गरेका कारण क्षतिपूर्ति मागेका थिए । २ वर्षमा मात्र यातायात क्षेत्रबाट २ करोडभन्दा बढी रोयल्टी उठाइएको छ । जुन स्रष्टाहरुले पाउन सकेका छैनन् । रेडियो, टेलिभिजनबाट पनि रोयल्टी उठ्न थालेको छ । गत २ साउनमा यही संस्थाले ८० हजार दारुपानीमा खर्च गरेको थियो । यता कारवाही गर्नुपर्ने निकाय प्रतिलिपी रजिष्ट्रार कार्यालयका उपसचिव प्रकाश आचार्य चंगुलमा फसेको र कारवाही गर्न हात कमाइरहेको आरोप लाग्ने गरेको छ । 

टिप्पणीहरू