​अन्तैतिर नायिकाहरू आनन्दित

कुनै समयका चर्चित नायिकाहरु पर्दाबाट हराएर होटल, बुटिक खोली त्यतै रमाउन थालेका छन् । कोही मम बेच्दैछन्, कोही चिया व्यापारमा मग्न छन् । जसरी फिल्मी पर्दाबाट हराएकी मौसमी मल्ल नवलपरासीको हात्तीखोरमा रिसोर्ट चलाएर जीवन धानिरहेकी छन्, उही ढंगले सिने बजारको विकल्प खोज्दैछन् नायिकाहरु । ०४५ सालमा बनेको ‘भाग्यरेखा’ देखि ०५५ सालसम्मका ७० वटा नेपाली फिल्ममा मुख्य अभिनेत्री रहेकी मौसमीझैं चलचित्रको विकल्पमा व्यवसाय रोज्ने अरु नायिकामा नम्रता श्रेष्ठ, कृति भट्टराई, ऋृचा शर्माहरुको पनि नाम आउँछ ।

कृतिले पनि ममसँगै स्याण्डविचहरु बेच्न थालेकी छन् । उनले अग्र्यानिक एक्स्प्रेसो चलाउन थालेकी हुन् । यही काममा छिन् नम्रता श्रेष्ठ । उनी एट्टिक रेष्टुरेन्टकी मालिक्नी हुन् । यस्तै ऋचा शर्मा पाङ्ग्रो रेष्टुराँको साहुनी हुन् । हिमालयन जाभा कफी सप सञ्चालन गर्दै आएकी छन् नायिका श्वेता खड्काले । बर्षा राउतको बानेश्वरमा चिया अड्डा छ । केही नायिका विवाहपछि विदेश पलायन भएका छन् । केही सिने नगरीबाटै पाखा लाग्दैछन् । निशा अधिकारी, हर्षिका श्रेष्ठ, आशिष्मा नकर्मीलगायतका नायिकाहरु पर्दामा देखिन्नन् । केही व्यवसायतिर मोडिएका छन् । 

टिप्पणीहरू