म्युजिक भिडियोमा पनि रोकिँदै मनपरी

चलचित्र विकास बोर्डको ध्यान अब म्युजिक भिडियो र विज्ञापनतिर केन्द्रित भएको छ । सञ्चार मन्त्रालयले तयार गरेको चलचित्र ऐन २०७६ को मस्यौदा केलाउँदा बेग्लै तस्बिर देखिन्छ । मस्यौदामा सांगीतिक भिडियो र विज्ञापन सामग्री सार्वजनिक गर्नुपूर्व सेन्सर अनिवार्य गरिएको छ । भिडियो र विज्ञापनलाई समेत चलचित्रको परिभाषाभित्र समेटिएको छ । 

यो मस्यौदाको बुँदा र दफाउपर चलचित्रकर्मीले आपत्ति प्रकट गर्न थालेका छन् । मस्यौदामा ‘जुनसुकै भाषा र प्रविधिमा बनेको चलायमान दृश्य देखिने कथानक चलचित्र, वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेसन चलचित्र, टेली चलचित्र, नाटक चलचित्र, विज्ञापन चलचित्र र सांगीतिक भिडियोलगायतलाई सम्झनुपर्छ’ भन्ने शब्द घुसाइएको छ । यो मस्यौदा हुबहु कार्यान्वयनमा आएको खण्डमा विज्ञापन र म्युजिक भिडियो मात्र होइन, कुनै पनि सिनेमा ट्रेलरसमेत सेन्सर बोर्डबाट पास नगरी सार्वजनिक गर्न पाइन्न । मस्यौदामा अब विज्ञापन चलचित्र तथा सांगीतिक भिडियोको जाँच चलचित्र समितिको अध्यक्ष वा निजले तोकेको कुनै सदस्यबाट गराउनुपर्ने उल्लेख छ । हलमा चलचित्र प्रदर्शन गर्नुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने बुँदासमेत परेको छ । 

झन्झन्, किन रुन खोज्छ मन ?

हल्ला करोडौं नाफाको चल्ने तर पोस्टर छापेको पैसा पनि नउठ्ने भएपछि फिल्म निर्मातादेखि हल मालिकसम्मको रुवाबासी शुरु भएको छ । नेपाली सिने नगरीमा अहिले पनि बर्सेनि १ सय २५ हाराहारीका फिल्म बन्दै छन् । तर, पछिल्लो दिनका चलचित्रले फिल्मको पोष्टर छापेको लगानीसमेत उठाउन नसकेको चर्चा छ । हरेक हप्ताको शुक्रबार कम्तीमा दुईदेखि तीन वटा नेपाली सिनेमा जुध्दै आएका छन् । र, पछिल्लो समय बनेका आशातीत चलचित्रले लगानीसमेत उठाउन नसकेको चर्चा सिनेवृत्तमा व्याप्त छ । यस्तो अवस्था देख्दा फिल्म वितरक सुनील मानन्धरले अहिलेको फिल्मको व्यापार हेर्दारुन मन लाग्ने अभिव्यक्ति दिएका छन् । 

टिप्पणीहरू