​विमानस्थलदेखि नै कलाकारबीच बबाल

नाच्न र गाउन विदेश गएका कलाकारबीच एयरपोर्टबाट शुरु भएको झगडाले सिने बजार तताएको छ  । ढाडे बिरालो कन्याइदेऊ न बाईजस्ता विवादास्पद गीतको गायक हुन् प्रकाश कटुवाल । उनको यी तीज गीतमाथि नेपालका टेलिभिजनमा बन्देज लाग्यो । तिनै प्रकाश अर्काे लफडामा परेका छन् प्रियंका कार्कीसँग । तीजकै सन्दर्भमा अष्ट्रेलिया पुगेर फर्किएका उनीहरूबीच लफडा मच्चिएको हो । प्रकाशका अनुसार सामान बढी भएका कारण बोर्डिङ कार्ड नपाएर प्रियंका अप्ठ्यारोमा परेकी थिइन् । 

अप्ठ्यारो अवस्थामा परेकी चेलीलाई सहयोग गर्न खोजे प्रकाशले र आफूसँग ३० केजी लगेज भएका कारण उनका साडी चोली, कुर्ता सलवार ह्याण्ड ब्यागमा बोकेर ल्याइदिए । तर, नेपाल ओर्लिएपछि यसो गर र उसो गर भन्दै अह्राएको भन्दै प्रकाशले आक्रोश पोखेका छन् । चिडियाखानामा राख्नुपर्नेसम्मको अभिव्यक्ति दिएपछि प्रियंका र हुनेवाला श्रीमान् आयुष्मान प्रकाशमाथि खनिन थालेका छन् । आयुष्मानले आफूले प्रकाशलाई फेमस बनाइदिएको टिप्पणी गरेका छन् ।

भद्रगोलमा किन भाँडभैलो ?
मिडिया हब चलाएर कलाकारको श्रमशोषण गर्दै आएका सोम धितालको कारण फेरि केही कलाकारको रुवावासी शुरु भएको छ । एउटै विज्ञापन कम्पनीले नेपाल टेलिभिजनसँग सम्झौता गरी ५ वटासम्म स्लटमा टेलिश्रृंखला प्रशारण गर्दै आएको थियो । धरौटी रकम क्रस हुँदासमेत टेलिभिजनलाई तिर्नुपर्ने रकम नतिरी मिडिया हबले प्रशारण गर्दै आएको भद्रगोल केही सातादेखि बन्द छ ।

भद्रगोललाई युट्युब राइटसमेत नदिएर त्यताको पैसामा पनि आँखा लगाएपछि टिम सोमसँग बिच्किएको छ । पछिल्लो श्रृंखला मात्र युट्युबबाट झण्डै ३७ लाख जनाले हेरेका छन् । एक कलाकारका अनुसार भद्रगोल नाम अन्यत्र प्रयोग गर्नबाट सोमले कलाकारलाई बन्देज लगाएका थिए । भद्रगोलको नाम, डिजाइन, लेखन, निर्माण, निर्देशनलगायत कुरासमेत सर्जकको अधिकारभन्दा बाहिर थियो । कलाकार दीपक आचार्य भन्छन्, ‘सम्पूर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामीले निरन्तर पहल ग¥यौं तर पाउन सकेनौँ ।’ उनले यही अवस्थामा टेलिसिरियल निर्माण गर्न र मिडिया हबसँग काम गरिरहन पनि नसक्ने अवस्थामा कलाकारहरू रहेको जनाएका छन् । 

टिप्पणीहरू