​‘अरिंगाल’ द्वारा सध्याउपर आक्रमण

नेपाल प्रज्ञा प्रतिष्ठानको योजना तथा कार्यक्रम महाशाखा सम्हाल्दै आएकी सन्ध्या पहाडीलाई  शाखामा झारिएको छ । श्रव्यदृश्य अभिलेखतिर साताअघि मात्र उनको जिम्मेवारी हेरफेर गरिएको हो । सन्ध्याले सम्हालेको महाशाखा लक्ष्मी गौतमले पाएकी छन् । गौतम यसअघि प्राज्ञ परिषद् सम्पर्क कार्यालयको जगेडामा थिइन् । उनी लामो समयदेखि प्रशासनको थिचोमिचोमा पर्दै आएकी कर्मचारी हुन् । सन्ध्यामाथि एकेडेमीले आयोजना गरेका महŒवपूर्ण कार्यक्रममा असहयोग गरेको आरोप लागेको छ । हालै सम्पन्न चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन, राष्ट्रिय कविता महोत्सवलगायत अत्यन्त महŒवपूर्ण कार्यक्रममा असहयोग गरेको, आर्थिक कारोबार आफैंले गर्न खोजेकोलगायत अनगिन्ती आक्षेप उनीमाथि छन् । श्रव्यदृश्य अभिलेखको जिम्मेवारी सम्हाल्दै आएका बद्रीबहादुर कार्की प्रशासनतिर पुगेका छन् । उनी बिहान हाजिर गरी दिनभर लोकसेवा तयारी कक्षाका इन्स्टिच्युटमा अध्यापन गराउने कर्मचारीका रूपमा बदनाम छन् । कार्की भने  आफू १७ ठाउँबाट लोकसेवामा नाम निकाल्ने व्यक्ति भएको बताउँछन् ।

आफ्नो पैसो, आफ्नै शौख
निर्माता–निर्देशकले नपत्याइदिँदा  बाउ लगानी गर्ने, आमा निर्देशन गर्ने, छोराछोरीलाई नायिका वा नायकको रूपमा अभिनय गराउने अनि विरासत धान्ने नाममा यसरी उदाएका कलाकारले खेलेका चलचित्र सुपर फ्लपको सूचीमा दर्ज हुने । जसरी टीका पहाडीले छोरा गौरवलाई, सोभित बस्नेतले सलोनलाई खडा गरेर चलचित्र निर्माण गर्थे । यही भीडमा थपिएकी छन् झरना थापा । आफ्नै छोरीलाई नायिका, आफू निर्मात्री र सुनील थापालाई लगानीकर्ता बनाएर ‘ए मेरो हजुर’ ४ को निर्माणमा तम्सिएकी छन् । उक्त चलचित्रमा झरना पुत्री सुहाना र अनमोल केसीले अभिनय गर्नेछन् । पछिल्लो समय पारिवारिक क्लबमै चलचित्र बन्ने क्रम जारी छ । अहिले समीक्षकले उठाउने गरेको प्रश्न हो बोकेको बाघले शिकार गर्छ त ? चर्चित निर्देशक बद्री अधिकारीकी पुत्री हुन् केकी । भुवन केसी र अनमोल, सोभित र सलोन, अरुण रेग्मी र अनुभव, अशोक शर्मा र अंकित । थप्दै जाने हो भने सूची लामै बन्छ । 

टिप्पणीहरू