​प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा

प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै मसिंर ६ गते शुक्रबारका दिन सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्षश्री देवी प्रकाश भट्टचनको अध्यक्षतामा बैंकको १८औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहितगत आ.व.०७५/०७६को वासलात,नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु साथ साथ यस साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५/०७६ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । 

आज सम्पन्न बैंकको १८औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७५/७६ को मुनाफा बाट गत आ.व. २०७५/०७६ मा चुक्तापूँजीको १६प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । आज सम्पन्न १८औं वार्षिक साधारण सभाले संस्थापक समूहतर्पm कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ कायम रहेको ४५प्रतिशतको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहत तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन÷परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । 

बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापनातथा सञ्चालन गर्ने व्यवस्थाथपन गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।

त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ । 

१८औं वार्षिक साधारण सभाले १६ प्रतिशत बोनश शेयर वितरणगर्ने निर्णय गरे पश्चात् बैंकलि.को चुक्ता पूँजीरु. १०अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६वटा शाखा कार्यालयहरु सहित देशभर  फैलिको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि.ले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको व्छ । १८औं वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंकको उत्तरोत्तर उन्नती प्रगतिको शुभेच्छा प्रकट गर्नुहुँदै प्रत्यक्ष् ाएवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने शेयरधनी लगायत सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । 

टिप्पणीहरू