​चर्चलाई हान्ने, मन्दिरलाई आफ्नै ठान्ने

यदाकदा भनिन्छ, ०६३ मा माओवादी शान्तिप्रक्रियामा आएसँगै देश क्रिश्चियन धर्मप्रति बढी नै उदार भयो र धर्मनिरपेक्ष घोषित पनि भयो । तर, यो कुरालाई अहिले आएर विप्लव नेतृत्वको नेकपाले गलत ठह¥याएको छ ।

हिन्दू, मुस्लिम, बुद्धिष्टहरू जनआस्थाकै कारण ती धर्ममा लागेका, तर क्रिश्चियन धर्म पैसाको प्रलोभनमा पारेर विस्तार गरिँदै रहेको घुसपैठको नतिजा हो भन्ने उसको दाबी छ । केन्द्रीय समितिद्वारा पारित आठौं पूर्ण बैठकको राजनीतिक प्रस्तावमा ‘धर्मको व्यापारले पनि नेपाली समाजको मौलिकतालाई विकृत पार्दै लगेको’ भनिएको छ । लेखिएको छ, ‘आखिर धर्म जनताका लागि सबै एउटै हुन् । तर, पैसाको प्रलोभनमा पारेर अठारौं र उन्नाइसौं शदीमा राजनीतिक क्रान्ति र भौतिकवादी विचारद्वारा युरोपमा धुलो चाट्न पुगेको क्रिश्चियन धर्मलाई गाउँघरका उत्पीडित जनताको बीचमा पु¥याएर जनचेतनालाई विकृत र भुत्ते पारिँदै छ । यसमा युरोपियन युनियन योजनाबद्ध रूपमा लागेको छ । नेपालका केही पतित, भ्रष्ट र राजनीतिक रूपले कम्युनिष्टविरोधी चुत्था दलालहरूको भूमिका रहेको छ ।’ क्रिश्चियन धर्मको बढ्दो चलखेल रोक्न उसले गत जेठमा इलाम र डडेलधुराका चर्चमा मध्यराति आगो झोसेको थियो । 

यौन र लागुपदार्थको महामारीबाट देशलाई बचाउन एकपटक नेपाली प्रकृतिको ‘अफिम युद्ध’ सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । विप्लव नेकपाले जागरण युद्धमार्फत यी विसंगति हल गरिने विश्वास व्यक्त गर्दै प्रस्ताव पारित गरेको हो ।

टिप्पणीहरू