प्यारीले कमरेडलाई दिएको पीडा

पति छन्, विप्लव नेकपामा (भूमिगत) । पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर । सक्दैनस् भने म के गर्छु–कहाँ जान्छु, सोधखोज गरेर नबस् !’

विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जिम्मेवार युवाको पारिवारिक तनावबारे उजुरी पुगेको छ, खुमलटारमा । ‘व्यक्तिगत मामिलामा अध्यक्षको तहबाट समाधान नखोजौँ’ भन्ने जवाफ बोकेर प्रचण्डसँग कुरा गर्न पुगेका विप्लव नेकपाका नेता त फर्किए तर समस्या झन् चर्किंदो छ ।

गत वर्ष पेरिसडाँडामा सहकर्मी नारायण खनालको टाउको फुटाएपछि चर्चा आएकै घटनाको अर्को रूप हो । त्यसबेला पत्नीमाथि दुव्र्यवहार भयो भन्ने नाममा उनैलाई साथ दिएका विप्लव नेकपाका युवा नेता यतिबेला पत्नीबाट असाध्यै पीडामा परे भनी प्रचण्डकहाँ कुरा पु¥याइएको छ । गुनासो गरिएकी महिला हुन्, अखिल नेत्री गंगा दाहाल (सिन्धुलीकी) । विप्लव नेकपाका उपत्यका ब्युरो कमिटी सदस्य अर्जुन राउतसँग ६ वर्षपहिले विवाह भए पनि दुई वर्षदेखि उनीहरू सँगै छैनन् । एक वर्षदेखि अर्जुन भूमिगत छन् । उनले गंगालाई आफूसम्बद्ध पार्टीमै काम गर्न भनेका थिए । तर, गंगाले ब्युरो सदस्यको माग गरिन्, जुन सम्भव छैन ।

यसपछि अर्जुनले सम्बन्धविच्छेदको माग गरे । तर, गंगाले मानिनन् । त्यही कुरामा सहजता खोज्दै उपत्यकामै रहेका एक नेता गत साता प्रचण्डलाई भेट्न पुगेका थिए । भनिएको थियो, ‘शक्ति बस्नेत र सत्या पहाडीबीच उहाँकै कारण झगडा प¥यो । नारायण खनालले दुव्र्यवहार गरेको कारण आक्रमण गरेको भनियो । तर, नारायण आफैँ पीडित रहेछन् । अहिले बाबुरामको नयाँ शक्तिको युवा संगठनमा अध्यक्ष त्यागेर नेकपामा फर्किएका कमल शाही (कर्णाली प्रदेश कमिटी सदस्य) को कुरा आएको छ । त्यसैले अर्जुनलाई यो गञ्जागोलबाट मुक्ति दिनुप¥यो ।’

सांस्कृतिक विचलनमा कारबाही गर्ने कि आपसी समझदारीबाट समस्या हल गर्नेमध्ये एक विकल्पका लागि विप्लव पक्षधर नेताले प्रचण्डसँग अनुरोध गरेका थिए । अर्जुनको समस्याचाहिँ कस्तो भने, पार्टी जिम्मेवारीका क्रममा उनी अहिले सुदूरपश्चिमतिर छन् । काठमाडौंतिर भए पनि सार्वजनिक हिँड्न नहुने । भेटेर कुरा गरौँ, नमिल्ने † यस्तो भएपछि पार्टी च्यानलमा कुरा राखे । अनि, उपत्यकास्थित जिम्मेवार नेताहरू अग्रसर भए । तर, समस्या समाधान भएन । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै मातृका यादवको बडीगार्डका रूपमा पनि काम गरेका अर्जुन ०६३ अघि जनसेनाको बटालियन कमाण्डर थिए । 

टिप्पणीहरू