बेहुला बोकेको रथ पल्टियो, २ जना बिते

बेहुला बोकेको रथ पल्टियो, २ जना बिते

बाराको आदर्श कोटवाल गाउँपालिका–३ स्थित सडकमा बेहुला बोकेको रथ पल्टिएको छ । हिजो बेलुकी रथ बनाइएको चार पाँङ्ग्रे सवारी साधन पल्टिँदा दुई जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका–३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका–७ की २३ वर्षीया शैलकुमारी राम हुन् ।

दुर्घटनामा अन्य १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाराले बताएको छ । घाइते सबैलाई जनालाई कलैया अस्पताल पठाइको थियो । छ जनाको अवस्था गम्भीर भएकाले वीरगञ्ज न्यूरो अस्पताल रिफर गरिएको छ ।

आदर्श कोटवाल गाउँपालिका–३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा रथ बनाइएको सवारी साधन अनियन्त्रित भएर पल्टेको हो । क्षमताभन्दा बढी मानिस चढेका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू