​सिमानामा अनौठो सम्मेलन

भन्छौँ नि हामी, नेपाल हिन्दू अधिराज्यबाट धर्मनिरपेक्षमा परिणत भएको छ । यहीँ होली वाइनका नाममा ‘क्रिश्चियनले सरकारी तहकै लगानी र साथसहित होली वाइनको रमिता देखाउन पाउने, हामीले चाहिँ जातिअनुसार चाडबाडको बिदा किन नपाउने ?’ भनेर अरु धर्म मान्नेहरूले कराउने नै भए ।

देशमा संघीय समावेशीको नाममा अनेकन लफडा चलिरहेका छन् । सप्तरीको बोडेबर्साइनमा फागुन ३ देखि ५ गतेसम्म विश्वभरका मुसलमानले सम्मेलन गर्ने भनिरहेका छन् । दिल्लीको निजामुद्दिन मस्जिदलाई अघि सारेर युनाइटेड अरब इमिरेट्स (युएई–दुबई) को आर्थिक सहयोगअन्तर्गत उक्त सम्मेलन हुन लागेको छ । सरकारमा छलफल चलिरहेको छ, अनुमति दिने कि नदिने ? भोलि क्रिश्चियनले यस्तै सम्मेलनको माग गर्लान्, म्यानमारका रोहिंग्या शरणार्थी समस्याको कुरा आउला । भारतले उसै त अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट मुस्लिमबाहेकका अल्पसंख्यकलाई नागरिकता दिने कानुन पास गर्दा बबाल भइरहेको छ । त्यहाँका मुस्लिम समुदायले पनि असन्तुष्टि पोखिरहेका छन् ।

हाम्रो खुला सिमाना छ । भारतको छेउछाउमा सैयौं मदरसा खुलेका छन् । छिमेकीले मुस्लिम उग्रवादीहरूले सीमापार हतियार ओसारपसार र नक्कली नोटको कारोबार गरिरहेको आरोपसहित राजधानीमै सार्पसुटर पठाएर ड्याँग ड्याँग मान्छे ढालिरहेको छ । यस्तो अवस्थामा जातीय र धार्मिक गतिविधिलाई बढावा दिएर छिमेकीलाई झस्काउनु कति उपयुक्त हुन्छ ? भन्नेहरू पनि थुप्रै छन् ।

टिप्पणीहरू