​‘होली वाइन’बाट हौसिँदै

बहुचर्चित होली वाइन प्रकरणपछि विश्वका विभिन्न भागबाट अनेकन स्वार्थबमोजिमका समूहहरु छरिएर नेपालमा स्वार्थसिद्धिका गतिविधिमा तल्लिन छन् । सप्तरीको भारतीय सीमावर्ती गाउँ बोडेबर्साइनमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनलाई सुरक्षाको कारण देखाउँदै सरकारले रोक्यो । लगत्तै नवलपरासीमा त्रिदेशीय सम्मेलन गर्ने प्रयास पनि तुहिएको छ । 

त्यहाँस्थित गण्डक नहर पीडितका नाममा बनेको संघर्ष समितिले सरकारसँग २१ बुँदे सहमति पनि गरेको हो । गण्डक नहरले नेपाल, भारत र बंगलादेशलाई पनि असर पु¥याउँछ भनेर तीन देशबीचको सम्मेलन गराउने उद्देश्य थियो । त्यसलाई संदिग्ध अन्तर्राष्ट्रिय गैरसरकारी निकाय संलग्न भएको नाममा रोक लगाइएको हो । यससँगै प्रश्न उठेको छ– विभिन्न बहानामा कति ठाउँमा भ्वाङ टाल्दै हिँड्ने ? यो प्रश्न आफ्नो ठाउँमा होला । कसैलाई भनेजस्तो कार्यक्रम गर्न दिने, कसैलाई नदिने कुराले देशमा रहेका विभिन्न जाति, भाषा र धर्मका समुदायको चित्त दुखाउने काम भइरहेको त छैन ? यस्ता कुरामा सरकारले स्पष्ट नीति बनाएर इमान्दारिताका साथ कार्यान्वयन गराउनु जरुरी छ । 

टिप्पणीहरू