​हतियार हराउनेहरूको हुल

तीसको दशकताका नगरकोटमा सञ्चालित ट्याक एण्ड एडम तालिमको दौरान बाहिरी अभ्यासमा एसएमजी हराएपछि जागिर जोगाउन सुटुक्क भारतबाट अर्को हतियार किनेर बुझाइयो तर पछि असली हतियार गाउँलेबाट प्राप्त हुन आयो ।

उक्त काण्डमा भक्तपुर सिपाडोलका क्याप्टेन बखतबहादुरले थुनुवाकै अवस्थामा आत्महत्या गरेका थिए भने होनहार अधिकृत बलराम अधिकारीको घटुवा भयो । माओवादी द्वन्द्वताका हतियार गुमाउनेमा डडेलधुरामा तैनाथ समशेर दलका गणपति दामोदर थापा थिए, इञ्जिनियर नरेश बस्नेतको करबलका कारण बिनायोजना पिलीमा तैनाथ फौजले पनि धेरै हतियार गुमाएको हो । ज्ञानेन्द्र अधिराजकुमार हुँदाका अंगरक्षक महेश चन्द मदिराको तालमा पेस्तोल हराएपछि जागिर छाडेर विदेश भास्सिए । ३ तारे जर्नेल बलदेवराज महतका ज्वाइँ पारस विक्रम साहले पनि नशाको सुरमा पेस्तोल हराए तर कुनै कारबाही भएन, उल्टै कंगोमा डलर मिशन र रारा तालको गुल्मपति बन्ने पुरस्कार पाए, अहिले बारामा गणपति छन् ।

राम्रो अधिकृत मानिएका रघुबर थापा हाइटी मिशन जाँदा र भैरवनाथको गणपति हुँदा २ पटक हतियार हराएकोमा पदोन्नतिमा अवरोध आएको कारण ४/५ वर्ष जागिर बाँकी छँदै राजीनामा बुझाएर हिँडेका छन् । पछिल्लो पटक भरतपुरमा कालिबहादुरको गणपति हुँदा प्रमुख सेनानी सरोज अधिकारीले हराएको एसएमजी विप्लव समूहको हात परेको आशंकासँँगै उनी पनि जागिर छाड्ने तरखरमा लागेको बताइन्छ ।

टिप्पणीहरू