सिटिजन्स बैंकद्घारा आफ्ना ATM मा MasterCard सेवा सुरुवात


सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको ATM मा Mastercard सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात  सँगै MasterCard, Maestro तथा Cirrus ब्राण्डका कुनै पनि कार्ड यस बैंकको ATM मा चल्ने छन् ।

नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा MasterCard  ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बैंकले लिएको छ । बैंकले यस अघि नै  VISA तथा Union Pay सँग सहकार्य गरी ती ब्राण्डका कार्ड मार्फत कारोबार गर्दै आइरहेको छ ।

“योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई आत्म साथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरु सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

टिप्पणीहरू