हल्ला बढी, बाटोचाहिँ खुल्ला

चितवन जिल्ला अदालतका न्यायधीश माननीय हेमन्त रावल भिडबाट प्रभावित भएर हिरो बन्न खोजेका हुन् ? वा, अरु कसैबाट प्रभावित भएका हुन् ? रवि लामिछानेहरुको मुद्दामा यस्ता कुरा अन्दाज गर्न सकिन्छ ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि खिचेको भिडियो रकेर्डका आधरमा सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेससिहत तीन जनाको नाम पोलेका थिए ।

सोही भिडियोलाई विधि विज्ञान प्रयोगशालादेखि चिकित्सक र विशेषज्ञहरुले जाँचबुझ गर्दा मृतक शालिकरामकै आवाज रहेको ठहर गरेको थियो । त्यहाँ शालिकरामले यी तीन बाहेक अरु कसैलाई मुछेका पनि थिएनन् । विधि विज्ञान प्रयोगशालाले मात्र होइन विशेषज्ञ र चिकित्सकहरुले त्यो भिडियो ओर्जिनल रहेको वकपत्र दिएका छन् ।

र, त्यही वकपत्रका आधारमा हो प्रहरीले रवि लामिछानेसहित युवराज र रुकुविरुद्ध गत बर्ष भाद्र १ गतेदेखि लागू भएको मुलुकी ऐन अनुसारको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्धा चलायो ।
अस्ति मात्र उनै न्यायधीश हेमन्तले यी तीनै व्यक्तिलाई सफाई दिएको फैसला सुनाए ।

अहिले रविहरु हामीमाथि हुँदै नभएको दोष लगाइयो भन्दै सीधा कुरा जनतासँग कार्यक्रम मार्फत कु्र्लदैछन् । र, आफूहरुलाई अदालतले निर्दाेष ठहरायो भन्दैछन् । बुझ्नु पर्ने कुरा के हो भने, शालिकरामका आफन्त अझै उच्चदेखि सर्वाेच्च अदालतसम्म जाने बाटो खुल्लै छ ।

टिप्पणीहरू