चिनियाँ रास्ट्रपतिलाई भिडियो सन्देश

पर्सिदेखि शुरु हुने चिनियाँ नयाँ बर्ष (मुसा बर्ष) २०२० को अवसरमा रास्ट्रपति बिध्यादेवी भण्डारीले आफ्ना समकक्षी सि जिन्फिङ्गसहित त्यहाँका जनताको नाममा भिडियो सन्देश पठाउनुभएको छ !

बुधबार दिउँसो शीतल निवासमा रेकर्ड गरिएको उक्त सन्देश ५ मीनेट ३० सेकेण्डको छ ! टेलिपृन्टर बिधिबाट पढिएको सन्देश दुई देशवीच परापूर्वकालदेखि चलिआएको मैत्रीपूर्ण असल छिमेकीपनका समग्र पक्ष र हालै सम्पन्न उच्चस्तरीय भ्रमणका उपलब्धिहरुमाथि आधारित छ ! नेपाली भाषामा पठाइएको सन्देशलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (CRI) की नेपालस्थित सम्बाददाता श्रीमती बर्षा (चाङ्ग युए) ले आफ्नो मातृभाषामा अनुवाद गरी २४ तारिख शुक्रवारको दिन रास्ट्रपति सिसमक्ष प्रस्तुत गर्ने र लगत्तै टेलिभिजन च्यानलहरुबाट प्रशारण हुने कार्यक्रम रहेको बताइन्छ ! यस्तो सन्देश जापानी प्रधानमन्त्री सिन्जो आबेलगायतबाट संकलन गरिसकिएको छ ! यसखाले प्रत्येक्ष भिडियो सम्वाद प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसङ्ग दुईचोटी गरिसक्नुभएको छ भने रास्ट्रपतिको तहमा रेकर्डेड सन्देश बाहिर पठाउनेचाहि यो पहिलो अभ्यास हो !

टिप्पणीहरू