​सेनाले नै भन्दिए के बित्छ ?

जंगी अड्डाभित्र ३ तारे जर्नेलबाटै भ्रष्टाचार भइरहेको छ । सम्भार, आर्थिक प्रशासन विभाग, सल्लाघारी महाविद्यालय, स्टाफ कलेज, सैनिक अस्पताल, मेडिकल कलेजलगायत विभागमा पनि भ्रष्टाचार भइरहेको सुनिन्छ । विगतदेखि नै बहुविवाहलगायत यौनजन्य अपराधबारे जंगी अड्डालाई जानकारी भए पनि त्यस्ता व्यक्तिलाई कारबाही नहुँदा यस्ता घटना शून्य स्थितिमा आउनुको सट्टा पुनरागमन भइरहेका छन् ।

सबै काम सेनापतिले मात्र गरेर सम्भव हुँदैन । सेनापतिको कमाण्ड निर्देशन प्राप्त गरेपछि ३ तारे, २ तारे, पृतनापति, बाहिनीपति, गणपति, डिपोपति, शिक्षण संस्थापति सबैले अ–आफ्नो जिम्मेवारी पूरा गर्नुप¥यो । खाली आफ्नो दुनो सोझ्याउने, अनि सेनापतिको मुख ताकेर बस्ने । जिम्मेवारी बहन गर्न नसक्नेलाई कारबाही हुनुप¥यो । जंगीअड्डाले भ्रष्टाचार र यौन शोषण गर भनेको छ कि सही ढंगबाट दर्जाबमोजिम जिम्मेवारी पूरा गर भनेको छ !
आजको जमानामा सेनाभित्र होस् वा निजामती विभाग, सबै गतिविधिबारे आमनागरिकलाई जान्ने अधिकार छ र जानकारी पनि भइहाल्छ । सेनाले गरेका दण्डनीय कारबाहीबारे मिडियामा भाइरल हुनुअगावै सार्वजनिक गरिएमा आम नागरिकमा पारदर्शिता एवं खुलापनबारे जानकारी भई समग्र सेनाको मान सम्मान बढ्ने देखिन्छ ।

– जंगी अड््डाका सैनिक कर्मचारी 

टिप्पणीहरू