आगो र पानी : मारवाडीको खानी

बल्ल कुरा खुल्दै छ, अधिकांश मारवाडी उद्यमी किन जीवन÷निर्जीवन बिमा कम्पनीमा लगानी गर्न इच्छुक हुन्छन् ! जस्तो विनोद चौधरी युनाइटेड इन्स्योरेन्स र राजेन्द्र खेतानले एभरेष्ट इन्स्योरेन्समा लगानी गर्न भ्याएका छन् । राजेन्द्रकै भाइ पिपीको लगानी प्राइम इन्स्योरेन्समा छ । यसमा रतनलाल संघाई र मधुसुदन अग्रवालहरू पनि जोडिएका छन् । नेपाल लाइफमा पुरुषोत्तम र गोविन्दलाल संघाई छन् । यस्तै अहिले नयाँ खुलेका बिमा कम्पनीमा मारवाडी कतै न कतैबाट जोडिएका छन् । शेखर गोल्छासँगै सुलभ अग्रवाल र सन्दीप अग्रवालहरूले युनियन लाइफ इन्स्योरेन्समा, रविकुमार टिवडेवाल, ताराचन्द्र खेतानहरूले महालक्ष्मी लाइफ इन्स्योरेन्समा, पवन अग्रवालहरूले रिलायबलमा पैसा हालेका छन् ।

मनोज केडिया, पवन अग्रवाल, जगदीश अग्रवालहरूको लगानी छ– रिलायन्स लाइफ इन्स्योरेन्समा । वीरेन्द्र महतोको सन लाइफ इन्स्योरेन्समा । साझेदार छन् अनुज कयालदेखि नारायण रुंगटा, सशांक अग्रवाल, प्रमोद अग्रवाल, पवनकुमार वंसलसम्म । पशुपति मुरारकाहरूले सिटिजन्स लाइफ इन्स्योरेन्समा लगानी गर्न भ्याएका छन् । यो इन्स्यारेन्समा चाहिँ रामेश्वर थापादेखि कैलाश सिरोहियासम्मको लगानी रहेको बताइन्छ । यी मारवाडीहरू मात्र होइनन् अधिकांश ठूला व्यापारी र उद्यमी कतै न कतैबाट बिमा कम्पनीमा जोडिएका छन् । राज्यमन्त्री मोतीलाल दुगड पनि इन्स्योरेन्स कम्पनीका मालिक हुन् । अधिकांश निर्जीवन बिमा कम्पनी मारवाडीको कब्जामा छ । खास कारण के हो ? बिमा समितिका एक अधिकारी व्यंग्य गर्दै भन्छन््, ‘तपार्इं, हाम्रो हकमा भए घर जलेर खरानी हुन्थ्यो, मारवाडी व्यापारीको हकमा घर जलाएपछि मालामाल ।’

एउटा उद्योगमा आफैंले आगो झोस्यो, आफ्नै बिमा कम्पनीबाट बिमा दाबी ग¥यो र भुक्तानी गरायो । अर्थात् आफैं बिमा दाबी गर्ने र आफंै भुक्तानी गर्ने । यस्तो धन्दै चलाउन पाएपछि एकातिर कर छल्न पाइने, अर्काेतिर बिमा कम्पनीबाट करोडौं असुल्न पाइने ! अब प्रश्न उठ्न थालेको छ, अधिकांश मारवाडी चौधरी, गोल्छा, खेतान, अग्रवालद्वारा सञ्चालित उद्योगमै किन बर्सेनि आगलागी हुन्छ ? सिजी इलेक्ट्रोनिक्समा केही वर्षअगाडि आगो झोसियो । र, युनाइटेड इन्स्योरेन्सबाट ३४ करोडभन्दा बढी बिमा भराइयो । एकै दिन वाइवाइ चाउचाउको गोदाममा दुईपटक आगलागी भयो । खेतानको मायोज चाउचाउमा पनि आगो झोसियो । आफ्नै लगानी रहेको एभरेष्ट इन्स्योरेन्सबाट दुई करोडभन्दा बढी भुक्तानी भराइयो । यी दुवै मारवाडीको कामलाई बिमा समितिले अवैध भनेको छ । 

टिप्पणीहरू