डियर कमरेड भित्र, रियल कमरेड मित्र
कुनै एक मन्त्रीलाई एक साथीले सोधे, ‘छोरो जाँचमा फेल हुँदा पनि कुन खुशियालीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर दिए– ‘ऊ फेल भो त के बिग्रियो । कक्षाका सम्पूर्ण ५० जना विद्यार्थीमध्ये २० जनाले मात्र पास हुने मौका पाए । जबकि ३० जना फेल भए । यस अवस्थामा आखिर बहुमत त मेरो छोराकै पक्षमा आयो नि ! यही खुशी बाँड्न मिठाइ ख्वाइरहेको छु ।’
यो कुनै आरोप, पूर्वाग्रह र व्यंग्य होइन । राजनीतिलाई समावेशी बनाउने नाममा नीति निर्माण तहमा अयोग्य मानिसको भीड बढाइएपछि देखिएको परिणाम हो । संविधान बनाउने नाममा राज्य अनुमोदित भेडीगोठमा भएका कुकर्म सम्झँदा पनि कुरीकुरी लाग्ने अवस्था छ । नयाँलाई मौका दिनु भनेको आफ्ना हुक्के, ढोके, चम्चे, चण्डमुण्डलाई राज्यको राजपाठ सुम्पनु होइन भन्ने चेत नेताहरूमा कहिल्यै आएन । राज्यका संवेदनशील निकायहरू राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ । अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन । राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ । पद्मसमशेरले पनि आपूmलाई राष्ट्रको नोकर त भनेकै थिए नि, तर उनी कति नोकर प्रमाणित भए ?
इतिहास साक्षी छ– प्रजिअ कुट्ने करिमा बेगम राजनीतिक मैदानमा एकादेशकी कथा भइसकिन् तर कुटाई खाने दुर्गाप्रसाद भण्डारीको जागिरे साख घटेन । आठ पासे साथीलाई नेपाल वायुसेवा निगमको सारथी बनाउने खड्गबहादुर विश्वकर्मा साथीसँगै बिलाएका छन् । ‘क’ दुब्लायो भनेर रुने कालिदास प्रवृत्तिका कथित नेताहरू मन्त्री बनाइए । कोही राष्ट्रसंघको वक्ता भएर अंग्रेजीका धुरन्धर हुन खोजे । आखिर रंगाइएको बिरालो बाघ कसरी हुन सक्थ्यो र ? म्याउँ गरिहाल्यो । नजान्नेको उपचार छ । तर जान्दछु भनेर सपार्नु त परै जाओस् भएको पनि सिध्याउने अतिवादीहरूको ओखती छैन । भाषा नजान्नु अपराध होइन । आजकल संसारका अधिकांश भाषा अनुवाद गर्ने सफ्टवेयर बनेका छन् । नेपाल नै नटेकेको विदेशी उहीँ बसेर ‘रेसम फिरिरि’ गाउने कुशल गायक बनेका उदाहरण छन् । तर योग्यता, साधनाले नभएर जनयुद्धमा बास बसेको, जेलमा भात बोकेको, नेतालाई विना व्याज ऋण दिएको, विदेश जाँदा आतेजाते टिकट काटिदिएको जस्ता नाताका आधारमा राजनीतिमा प्रवेश पाएकाहरूले राजनीतिलाई कमाउको साधन बनाएका छन् ।
अर्काथरी छन्– आस्था, निष्ठा, इमान्दारी भगवानलाई चढाएर नाफाको व्यापार गर्न पल्किएका सुकिला मुकिलाहरू । आफ्ना सन्तान युरोप, अमेरिकामा स्थापित गराइसकेपछि बाँकी जीवन पिकनिकमा बिताउन स्वदेश बसेका यिनीहरूले ‘जनयुद्धको मनोविज्ञान’ अनुसार नेताहरूलाई काम गर्ने रोडम्याप तयार गरिदिने गरेका छन् । यिनै थिए, जसले राजा ज्ञानेन्द्रलाई उकासेर टिभीमा समाचार पढाउन लगाए । यस्तैको तोरीलाहुरे गफमा भुल्दा नेताहरू रंग छुट्याउन नसक्ने भएका छन् । राजा त्रिभुवन आसेपासेहरूसँग भन्थे रे, ‘हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन् त ?’ उनी त राजा भए केही हदसम्म यस्तो फन्टुस बुझाई पनि ठीकै होला रे ! तर हिजोसम्म कोदाको ढिंडोका भरमा जीवन घिसारेकाहरू कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो । अहिलेकै दृश्यले बताउँछ– डियर कमरेड भित्र, रियल कमरेड बाहिर पर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको किस्सा नै अलग छ । उनी प्राथमिक कक्षामा पढ्थे । एकदिन स्कुलले शैक्षिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति बस्ने भवन ह्वाईट हाउस घुमाउन लगेछ । विद्यार्थीहरूले चाख मानी मानी ह्वाईट हाउसको सम्पूर्ण कक्षको अवलोकन गरेछन् । घुमघाम सकिएपछि ह्वाईट हाउस कस्तो लाग्यो ? भनेर अनुभव लेख्न एउटा पुस्तिका दिइएछ । साना बालबालिकाहरू कसैले के लेखे, कसैले के लेखे । त्यसैमध्येका बालक केनेडीले लेखेछन्, ‘भविष्यमा म आएर बस्ने ठाउँ ठीकै रहेछ ।’ भविष्य द्रष्टा तिनै बालक कालान्तरमा अमेरिकाको राष्ट्रपति भए ।
। ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । हो, साँचो शिक्षा पनि त्यही सुनको गहनाजस्तै हो । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्ष्यित गरिन्छ । कक्षाको सबैभन्दा नजान्नेलाई लक्ष्यित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्ष्यित गरिएको शिक्षाले शिक्षक पनि सफल हुने होइन । तर अहिले लायक बनाउन सन्तानका लागि गरिएको लगानी आपैंmलाई नालायक प्रमाणित गर्ने काममा खर्च हुने गरेको छ । एकप्रकारले शिक्षा नजानिँदो धोकाजस्तै भएको छ ।
यदि देशको राजनीति सुल्टो गतिमा अघि बढाउने नियत राखेको भए शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत अधिकारको रूपमा स्थापित गरिनुपथ्र्यो । समावेशीका नाममा सुन र पित्तल गिजोल्ने काम नगरेर शिक्षा र स्वास्थ्यमा सबैको पहु“च पु¥याउने काम गर्नुपथ्र्यो । शपथग्रहण गरेलगत्तै शिक्षामन्त्रीले दरबार हाइस्कुल र पद्मोदय स्कुल पुगेर शिक्षाको विकासमा इमान्दारीको संकल्प गर्नुपथ्र्यो । जनताका छोराछोरीलाई शिक्षाको उज्यालो दिएका यस्ता ऐतिहासिक शैक्षिक प्रतिष्ठानलाई देशका गौरव बनाइनुपथ्र्यो । मेरो छोरो, भतिजो, नाति दरबार स्कुलमा पढ्छ भन्दा गौरवले छातीको आयतन बढ्ने अवस्था आउनुपथ्र्यो । त्यही पद्मोदय स्कुल पढेका सूर्यबहादुर थापा, कमल थापा, भोजराज पोखरेल, अच्युतकृष्ण खरेल राष्ट्रिय व्यक्तित्व बनेका छन् । यस्ता सवल जनशक्ति उत्पादन गर्ने विद्यालयलाई आज नोकर चाकर पढाउने दुर्गतिको स्कुल किन बनाइयो ? कोहीसँग छ यसको उत्तर ? दुर्गम जिल्लामा डाक्टर नपुगेको समाचार आएको दशकौं भइसक्यो । नेपालमै वर्षेनी सयौं डाक्टर उत्पादन हुन्छन् । आखिर किन दुर्गम भेगमा स्वास्थ्योपचार मह“गो भयो त ? उत्तर स्पष्ट छ– डाक्टर बनिँदैन, बनाइन्छ । लाखौं रूपैया“ चन्दा दिन नसक्नेहरू जतिसुकै योग्य भए पनि डाक्टर नहुने भएपछि यो समस्या सधैं ज्यू“ का त्यू“ रहने पक्का छ ।
अहिले पनि टोनी हेगनले ५ दशकअघि कोरिदिएको दस्तावेज नेपाली भूगोलको आधिकारिक आधार बन्दै आएको छ । त्यसपछि डोरबहादुर बिष्ट र हर्क गुरुङले पुरै देशको भ्रमण गरेर सामाजिक, आर्थिक, राजनीतिक अवस्थितिको लक्ष्मणरेखा कोरिदिए । गुरुङले देशलाई चालीस जिल्लामा घटाएर आर्थिक सन्तुलन मिलाउन दिएको योजनासहितको सल्लाह राजनीतिक पूर्वाग्रहमा परेर नासियो । गृष्मबहादुर देवकोटाले लेखेको राजनीतिक इतिहासलाई ‘पञ्चायती’ भनेर टिप्पणी गर्नेहरू त निस्किए तर त्यसको विकल्प दिने हिम्मतदार अर्को सर्जक जन्मिएन । राजा महेन्द्रलाई तानाशाह भन्नेहरूको उत्ताउलो हुल देखाप¥यो तर त्यस्तै राष्ट्रवादी सोच भएकाहरू देखिएनन् । धरहरालाई पुड्को बनाउन त्योभन्दा अग्लो र मजबुत अर्को संरचना बनाइनुपर्छ । तर नया“ नबनाउने, पुरानोको अस्तित्व पनि नस्वीकार्ने अनौठो रोगले नेपाली समाज ग्रसित बन्दै गएको छ ।
सीप होइन गफाडी जन्माउने शिक्षाका कारण समाजबाट सभ्यता र संस्कृतिका अमूल्य सम्पदा हराउ“दै गएका छन् । गाउ“मा खर र टालीले छाएका घर भेटिन छोडेका छन् । समुदायमा उपयोग हुने डोको, नाम्लो, दाम्लो, डालो, हलो बनाउनेहरू पछिल्लो पुस्तामा आइपुग्दा दुर्लभ बनेका छन् । बचेका भनेको पनि अघिल्लो पुस्ताको नासो मात्रै हो । शिक्षाले यी विषयलाई नसमेट्दा पुरै समाज न गरी खानु, न मरी जानुको अवस्थामा धकेलिँदैछ । देशको ४० लाख युवा जनशक्ति आफ्नो घरखेत बा“झो राखेर विदेशी भूमिमा जीविकाको लडाइ“ लडिरहेको छ । आफ्नो घरखेतमा हलो जोत्दा लाज हुने युवाहरू खाडीको मरुभूमिमा स्वाभिमानसाथ उ“टको लिदी सोरिरहेका छन् । भेडाको बथानमा हि“ड्दा हि“ड्दा मानव सभ्यता भुलिरहेका छन् ।
हलो धान्न नसक्ने, ट्याक्टर पनि चलाउन नपुग्ने अधमरो अवस्थामा समाज रुमल्लिएको छ । यस्तो गम्भीर विषयमा निरपेक्ष बसेर नेताहरूले देशलाई सा“च्चै धोका दिएका छन् । उमेरमा भएको जा“गर विदेशी भूमिमा खर्चिएपछि भोलि फर्किने रस चुसेको उखुजस्तो जनशक्ति कुन काममा उपयोग हुने हो ? त्यसको उत्तर कसैसँग छैन । राजनीतिक परिवर्तनका हरेक गतिविधिमा युवाको सक्रियता निर्णायक रहने गरेको छ । तर आन्दोलन सफल भएको भोलिपल्टदेखि उनीहरूको भूमिका दृश्यबाट बिलाउने गरेको छ । ढुंगा हान्न सन्काउने, अनि हानिसकेपछि थन्काउने धोकापूर्ण सौदाबाजी नेपालको राजनीतिमा चल्दै आएको छ । विश्वका राजनीतिक रंगमञ्चमा अब चालीस ननाघेकाले राजनीतिको बागडोर हा“क्ने परिपाटी बसिसक्दा हामी भने जिम्दारी राजनीतिकै चक्रमा घुमिरहेका छौं । न नया“ पुस्ताले खोस्ने साहस राख्छ, न अघिल्लो पुस्ताले छोड्ने उदारता नै देखाउँछ ।
मन्दिरको आकार ठूलो, सानो हुनुले अर्थ राख्दैन । सरोकार भनेको देउता कति विश्वसनीय छन् भन्ने हो । भूmटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । क, ख, एबीसीडी बनाउनेहरू पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरूले बनाएको बा¥हखरी पढेर आपूmलाई स्वघोषित मूर्धन्य ठान्नेहरूले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । शिक्षा मुलुकको सभ्यता हो । कुन देश कति समृद्ध छ भनेर जाँच्ने कसी भनेको त्यो देशका नागरिक कति शिक्षित छन् भन्ने हो । अहिले हाम्रो मुलुकमा खड्किएको मुख्य विषय भनेको नागरिक शिक्षा हो । राज्यबाट निर्देशित नियमको डोरीले सवै नागरिकलाई नबाँधेसम्म मनपरीतन्त्र नरोकिने निश्चित छ । राजनीतिक दलहरूमा बढ्दो दलाली र नागरिकमा सञ्चार भएको अराजकता दुवै लाभदायी छैनन् । राजनीतिशास्त्रले भन्छ– नागरिक सधैं ठीक हुन्छन् । तर प्रश्न उठ्छ– ६० वर्ष उमेर नाघेको हजुरबा दुई रुपियाँ सस्तोका लागि नातिमार्पmत पाएको विद्यार्थी परिचय कार्ड बोकेर सार्वजनिक यातायातमा देखापर्छ भने त्यो पनि नागरिक कर्तव्य त अवश्य भएन । यस अवस्थामा नागरिकले पनि त आपूmलाई सच्याउनु पर्छ नि हैन र ?
टिप्पणीहरू