एमसिसीवारे महामन्त्री गगन थापाको बोली फेरिएपछि
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता यथास्थितिमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।
हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् तर यसअगाडि उनले यसवारे बेग्लै धारणा राखेको भिडियो भेटिएको छ ।
महामन्त्री थापाले एक समय एमसीसीको विरोध गर्दै राष्ट्रवादको पक्षपोषण गरेका थिए । तर,उनी आफ्नो पार्टीको सरकार बनेसँगै अमेरिकी परियोजनाबारे सकारात्मक सन्देश फैलाउन लागि परेका छन् ।
महामन्त्री थापा कुनै समय संसदबाट एमसीसी जस्ताको तस्तै पारित गर्नु हुँदैन भन्दै विरोध गर्ने नेता हुन् । अहिले आएर उनको बोली फेरिएको पाइएको छ ।
केही समय पहिला सञ्चारकर्मीले एमसीसी संसदबाट पास हुनु पर्छ कि पर्दैन ? भनेर सोध्दा थापाले यसका स्वरुप र कतिपय प्रवन्धहरु बदलिनु पर्ने प्रतिक्रिया दिएका थिए । तर हिजो भने उनको मुखबाट फरक जवाफ आएको छ ।
उनले भने,”एमसीसी संशोधन नगरी संसदमा टेबुल हुनुपर्छ,यसमा हाम्रो पार्टी सहमत छ र अन्य दलको पनि साथ हुनेछ ।’ महामन्त्री थापा एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता धेरै नेताले फरक फरक धारणा दिएकै कारण राष्ट्रघाती भएको आरोप खेप्दै आएका छन् ।
सो परियोजना संशोधन गरेर मात्र अगाडि बढाउनु पर्ने अडान लिएका केही नेताहरुको एकाएक बोली फेरिएको छ । यस्तै आफू प्रतिपक्षमा बस्दामात्र सरकारले गरेका निर्णय गलत भएको भन्दै विरोध गर्ने प्रवृति नेपाली राजनीतिक पार्टीका नेताहरुमा हाबी छ ।
यो प्रवृतिका कारण नेताहरुप्रतिको जनविश्वास नै गुमेको छ । उनीहरुको बोलीमा परिवर्तन हुनु राजनीतिक स्वार्थको खेल भएको सरोकारहरुको आरोप छ ।
टिप्पणीहरू