किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा छात्रवृत्रि प्रदान
किरात याक्थुङ चुम्लुङ इजरायलले पाँचथर जिल्लाको फालेलुङ ८ सिंह. सिद्ध मा.वि मा अध्यानरत एक छात्रालाई छात्रवृत्रि प्रदान गरेको छ ।
किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगमा सो विद्यालयको कक्षा १० मा अध्यानरत गिता चम्लागांइलाई १० हजार रुपैया प्रदान गरिएको सोहि विद्यालयका प्रधानाध्यापक राजेन्द्र केरुङले बताए । किरात याक्थुङ चुम्लुङ इजरायलले बर्षेनि माध्यमिक तहको गैर याक्थुङ ,जेहेन्दार विद्यार्थिलाई सहयोग गर्दै आइरहेको छ । चम्लागाँईले गत ३ बर्ष देखि उक्त सहयोग प्राप्त गर्दै आइरहेकी छिन ।
फालेलुङ ८ का वडा अध्यक्ष पदम कुमार फागो साथै स्थानिय समाजसेवि, वुद्धिजिवि र अभिभावकहरुको उपस्थिति उक्त छात्रवृत्रि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष फागो संगै किरात याक्थुङ चुम्लुङ परिसद सदस्य नरेन्द्र केरुङ विद्यालयका प्रधानाध्यापक राजेन्द्र केरुङले छात्रवृत्रि प्रदान गर्ने किरात याक्थुङ चुम्लुङ इजरायल लाई धन्यवाद ज्ञापन गरेका थिए ।
टिप्पणीहरू