प्रचण्डलाई भेट्न मोहन वैद्य खुमलटारमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट र छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । उहाँ बिहान ९ बजे खुमलटार पुग्नुभएको हो ।
झण्डै एक घण्टासम्म भएको भेटवार्तामा समसामयिक विषय, मुलुकको राजनीति, एमसीसी सम्झौतामा संसदवादी दलको भूमिकालगायतका विषयमा छलफल भएको बुझिएको छ । संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको र संसदको बैठक बस्नु दुई दिनअघि किरणले प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण ठानिएको छ ।
टिप्पणीहरू