लोकसेवा आयोगको परीक्षा रोकियो

लोकसेवा आयोगको परीक्षा रोकियो

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेको पाँचौं तहका परीक्षा स्थगित भएको छ । आयोगद्वारा सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगित गरिएको हो ।

आयोगले सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार आगामी शनिबारदेखि चैत २६ गतेसम्म सञ्चालन हुने भनिएका उक्त परीक्षा स्थगन गरिएको जनाएको छ । आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

यो सँगै आयोगले लिने सबै पदको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौं तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको निम्ति विज्ञापन गरेको थियो ।

टिप्पणीहरू