बालकोटमा राजदूत भेटेर सोझै बालुवाटार,‘दुई तिहाइले एमसीसी पास गराइदिने’ वचन

बालकोटमा राजदूत भेटेर सोझै बालुवाटार,‘दुई तिहाइले एमसीसी पास गराइदिने’ वचन

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मावीच भेटवार्ता जारी छ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसहित साँझ साढे ६ बजेदेखि अहिलेसम्म जारी भेटवार्तामा ओली दुई तिहाइ बहुमतले एमसीसी पास गराइदिने वचनसहित जानुभएको महेश बस्नेतहरुले बताएका छन् ।

ओलीले काँग्रेस अघि बढे दुई तिहाई बहुमतले सम्झौता अनुमोदन गराइदिने वचन दिए पनि त्यो पुग्न भ्यागुताकाे धार्नी पुर्याए झैँ हुने बताइन्छ । संसदमा अहिले काँग्रेसको ६१,एमाले ९७ र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसद सम्झौताको पक्षमा देखिएका छन् ।

त्योबाहेक जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको पक्षमा उक्त दलका ९ जना सांसदले पनि सम्झौता अनुमोदनमा सहयोग पुर्याउने वचन दिएको बताइन्छ ।

तर, पर्सि अपरान्हसम्म हुने राजनीतिक जोडघटाउ र उतार चढावले उक्त संख्यामा समेत तलमाथि हुने सम्भावना भएकाले दुई तिहाइको निम्ति माओवादी केन्द्रको समर्थनबाहेक असम्भव नै देखिएको हो ।

जबकि एमसीसी पारित गर्न संसद बैठकमा उपस्थित बहुमत सदस्यको समर्थन भए पुग्ने व्यवस्था छ । देउवालाई सरकार चलाउन बाहिरबाट समर्थन दिने वचन ओलीले दिए पनि कुन दिन रास्ट्रपतिले सबैभन्दा ठूलो पार्टीका हिसाबमा एमालेलाई सत्ता सुम्पने डर पनि काङ्ग्रेसभित्र छँदैछ ।

टिप्पणीहरू