मान्यज्यूहरुलाई आइफोन उपहार

मान्यज्यूहरुलाई आइफोन उपहार

भारतको राजस्थान राज्य सरकारले दुई सय जना सांसदलाई आइफोन १३ उपहार दिएको छ ।

त्यहाँका मुख्यमन्त्री अशोक गहलोतले हिजो प्रस्तुत आगामी आर्थिक वर्ष २०२२/२३ बजेटको डिजिटल प्रतिलिपिसँगै आइफोन १३ उपहार दिएका हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार राज्य सरकारले २ सय ५० वटा आइफोन खरिद गरेको थियो । गत वर्ष पनि सांसदहरूले उपहारको रूपमा आइप्याड प्राप्त गरेका थिए ।

यद्यपि,भारतीय जनता पार्टीले भने मुख्यमन्त्रीले प्रस्तुत गरेको बजेट निराशाजनक रहेको बताउँदै उपहार दिइएका मोबाइल फोनहरू फिर्ता गर्ने बताएको छ । त्यहाँको सत्तारुढ दल भारतीय राष्ट्रिय काँग्रेस हो भने विपक्षी दल भारतीय जनता पार्टी हो ।

टिप्पणीहरू