आज पनि जताततै सुरक्षाकर्मी
एमसीसीविरुद्धको सम्भावित चर्को प्रदर्शनलाई लक्षित गर्दै सरकारले संघीय संसद भवन रहेको बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । आज बिहानैदेखि माइतीघरबाट बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
सरकारले प्रतिनिधिसभामा टेवल गरेको एमसीसी सम्झौता विरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रर्दशन गर्ने भएपछि सुरक्षा तैनाथी बढाइएको हो । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुँदैछ । तर, सरकारमै सहभागी दलका भातृ संगठनहरु तयसविरुद्ध सडक संघर्षमा होमिएका छन् ।
विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । हिजो काठमाडौंमा २५ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
टिप्पणीहरू