राजदूतको हुलै सिंहदरवारभित्र
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको विषय पेचिलो बन्दै गएको बेला काठमाडौंस्थित पश्चिमा मुलुकका राजदूतहरु पनि दौडादौडमा छन् । सोही सन्दर्भमा अघि उनीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई संयुक्त रुपमा भेटेका छन् ।
मन्त्री भेट्न सिंह दरवार छिर्नेहरुमा दातृ रास्ट्र र निकायसम्बध्द नेपालका लागि युरोपियन युनियन, जर्मनी,फ्रान्स तथा फिनल्याण्डका राजदूत छन् । उनीहरुले बिहान साढे ११ बजेदेखि झण्डै आधा घण्टा वार्तालाप गरेका थिए ।
केही दिनअघि अमेरिकासहित झण्डै एक दर्जन मुलुकका राजदूतहरुले बेलायती दूतावासमा भेटघाट र छलफल गरेपछिको यो सामुहिक भेट हो ।
टिप्पणीहरू