परराष्ट्रको विज्ञप्ति : आफैंलाई काउसो

परराष्ट्रको विज्ञप्ति : आफैंलाई काउसो

रुस र युक्रेनबीचको पछिल्लो विवादमा परराष्ट्र मन्त्रालयले अस्ति जारी गरेको विज्ञप्ति विवादमा तानिएको छ । अन्तर्राष्ट्रिय राजनीतिको चेपुवा परेको युक्रेन विवादमा नेपालको धारणाले गम्भीर विवाद उत्पन्न गरेको हो ।

युक्रेन मामिलामा छलफल गर्न न्युयोर्कमा बोलाइएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेका कारण अनिर्णित भएर उठेको छ ।

सुरक्षा परिषद् बैठकमा छिमेकी चीन र भारत दुवै अनुपस्थित भएका छन् । यस्तो अवस्थामा नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार अपरान्ह अप्रत्यक्ष रुपमा रुसविरुध्द जारी गरेको विज्ञप्ति हतारमा आएको निर्णय पुष्टि भएको छ । महाशक्ति राष्ट्रहरुको संघर्षमा संयमताका साथ धारणा राख्नुपर्नेमा नेपाल सरकार अस्तिको विज्ञप्तिमा चुकेको बताइन्छ ।

टिप्पणीहरू