कपाल काट्ने पसलभित्र यौन व्यापार,एक नेपाली पक्राउ

कपाल काट्ने पसलभित्र यौन व्यापार,एक नेपाली पक्राउ

भारतीय प्रहरीले मुम्बईको एउटा सैलुनबाट ३० वर्षीय नेपाली युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बईको प्रिया रेसिडेन्सी खारघरका मणीधनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अधिकारी मुम्बईमा लामो समयदेखि बसोबास गर्दै आएका थिए ।

मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन जना महिलाको उध्दार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुन (महिला र पुरुषको कपाल काट्ने पसल) भित्र देह व्यापार गराएको आरोप छ ।

सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । सैलुनभित्र लामो समयदेखि देह व्यापार हुँदै आएको प्रहरी आशंका छ ।

टिप्पणीहरू