तिनलाई तान्ने गरौं तयारी

नेपालमा यो वर्ष (भिजिट नेपाल २०२०) कम्तीमा २० लाख बाह्य पर्यटक भिœयाउने लक्ष्यसाथ प्रचारयुद्ध जारी छ । तर, कच्चा तयारी, त्यसमाथि चीनमा कोरोना भाइरसको प्रक्रोपका कारण यो अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन ।

शुरुको दुई महिना सकिन लागिसक्यो । १० महिना बाँकी छ । त्यसबीच २० लाख पर्यटक भिœयाउनु छ । नेपालमा सबभन्दा बढी पर्यटक भित्रिने देश हो, चीन । अहिले त्यहाँका जनता घरबाट निस्किन सकेका छैनन् ।

भ्रमण वर्षलाई धार्मिक यात्राका रूपमा प्रचार गर्ने हो र भिसा सहुलियतको प्याकेज ल्याउने हो भने पर्यटक आगमनमा वृद्धि हुने सम्भावना छ । कतिपय देशका हकमा निःशुल्क भिसा, कतिपय देशका हकमा निश्चित प्रतिशत मिनाहा र त्यससँगै भिसा अवधिमा लचकता अपनाइँदा भ्रमण वर्ष सफलताको एउटा आधार हुन सक्नेतर्फ सरकारको ध्यान आकृष्ट भयो भने लाभदायी हुने सम्भावना छ । भिसा शुल्क ठूलो कुरा हैन बरु यो आकर्षणको यौटा राम्रो विधि हो ! विश्वको धेरै जनसंख्या क्रिस्चियनिटीमा विश्वास राख्छ । त्यसपछि हिन्दू, तेस्रो मुस्लिम, अनि बुद्ध धर्मावलम्बी छन् । त्यसमध्ये बुद्ध जन्मभूमि नेपालले त्यही कुराको प्रचार मात्रै गरे पनि विश्वमा रहेको ५३ करोड जनसंख्याका बुद्धमार्गीको ध्यानाकृष्ट हुने सम्भावना रहन्छ । म्यानमार, चीन, जापान, लाओस, भियतनाम, श्रीलंका, ताइवानसहित थुप्रै देशमा बुद्ध धर्मावलम्बीको बाहुल्यता छ ।

प्राप्त आँकडाअनुसार विश्वभरि ५३ करोड ५० लाख जनसंख्याले बुद्धधर्म अँगालेको छ । यो भनेको विश्व जनसंख्याको ८–१० प्रतिशत हो । विश्वभर क्रिस्चियन धर्म मान्नेहरूको संख्या कुल जनसंख्याको २९ दशमलव ८१ प्रतिशत छ । अर्थात्, दुई अर्ब ४० करोड जनसंख्याले किस्चियन धर्ममा विश्वास राख्छ । इस्लाम धर्मप्रति एक अर्ब ९० करोड जनसंख्याले आस्था राख्छ । यो भनेको विश्व जनसंख्याको २४ दशमलव ६० प्रतिशत हो । हिन्दू धर्म मान्ने एक अर्ब १५ करोड जनसंख्या छ, प्रतिशतमा १४ दशमलव २८ हुन्छ ।

थाइल्याण्ड, म्यानमार, भुटान, श्रीलंका, लाओस, मंगोलिया, जापान, सिंगापुर, दक्षिण कोरिया, ताइवान, मलेसिया, चीन, मकाउ, भियतनाम, हङकङ बुद्धिष्ट मुलुक हुन् ।

चीनमा बुद्ध धर्म मान्ने जनसंख्या १८ दशमलव २० प्रतिशत छ । थाइल्याण्डमा ९३ दशमलव २० प्रतिशत, जापानमा ३६ दशमलव २० प्रतिशत, म्यानमारमा ८७ दशमलव ९० प्रतिशत, श्रीलंका ६९ दशमलव ३० प्रतिशत, भियतनाममा १६ दशमलव ४० प्रतिशत, कम्बोडियामा ९६ दशमलव ९० प्रतिशत, दक्षिण कोरियामा २२ दशमलव ९० प्रतिशत जनसंख्याले बुद्धधर्म अंगालेको छ । ‘हिन्दूस्थान’ का नामले चिनिने भारतमा पनि शून्य दशमलव ८० प्रतिशत जनसंख्या बुद्ध धर्म मान्नेहरूको छ । मलेसियामा १९ दशमलव ८०, ताइवानमा २१ दशमलव ३०, लाओसमा ६६ दशमलव १० प्रतिशत जनसंख्याले बुद्धधर्म मान्छ । क्रिस्चियन धर्मले जरो गाडेको भनिने अमेरिकामा पनि एक दशमलव २० प्रतिशत बुद्धमार्गी छन् । बरु, बुद्ध जन्मिएको देश नेपालमा १० दशमलव ३० प्रतिशतले मात्रै यो धर्म अंगालेका छन् ।

‘हिन्दूस्थान’ का नामले चिनिने भारतमा पनि शून्य दशमलव ८० प्रतिशत जनसंख्या बुद्ध धर्म मान्नेहरूको छ ।  बुद्ध जन्मिएको देश नेपालमा १० दशमलव ३० प्रतिशतले मात्रै यो धर्म अंगालेका छन् ।

त्यस्तै, सिंगापुरमा ३३ दशमलव ९०, इण्डोनेसियामा शून्य दशमलव ७०, मंगोलियामा ५५ दशमलव १०, हङकङमा १३ दशमलव २०, बंगलादेशमा शून्य दशमलव ५० प्रतिशत बुद्ध धर्मावलम्बी छन् । अष्ट्रेलियामा पनि दुई दशमलव ७० प्रतिशत जनसंख्याले बुद्ध धर्म मान्दछ । भियतनाममा ७४ दशमलव ७०, उत्तर कोरियामा एक दशमलव ५० प्रतिशत बुद्ध धर्म मान्ने जनसंख्या छ । अरू त अरू, क्रिस्चियनहरूको बाहुल्य रहेको फ्रान्समा शून्य दशमलव ५०, क्यानाडामा शून्य दशमलव ८०, ब्राजिलमा शून्य दशमलव १०, बेलायतमा शून्य दशमलव ४०, जर्मनीमा शून्य दशमलव ३०, रसियामा शून्य दशमलव १० प्रतिशत जनसंख्या बुद्धमार्गी छ । मुस्लिम बाहुल्य युनाइटेड अरब इमिरेट्स (युएई– दुबई) मा दुई प्रतिशत बुद्धिष्ट छन् । अफ्रिकी देशमा पनि शून्य दशमलव २० प्रतिशत बुद्धमार्गी भेटिन्छन् । स्विडेनमा शून्य दशमलव ४०, बहराइनमा दुई दशमलव ५० बुद्ध धर्म मान्ने जनसंख्या पाइन्छ ।

सरकारले बुद्ध जयन्तीको अवसर पारेर ०७७ वैशाख २५ गते, अर्थात् मे ७ तरिखमा विश्व बौद्ध सम्मेलन आयोजना गर्दै छ । बुद्ध जन्मिएको भूमिमा विश्वभरका बुद्ध धर्मावलम्बीलाई एकत्रित पार्दै भिसा सुविधा, बसोबास र घुमफिरका सुविधा दिने हो भने लक्ष्यभन्दा बढी नै पर्यटक भित्रिने सम्भावना रहन्छ ।

टिप्पणीहरू