चीनका जुम्ल्याहा पाण्डा म्याड्रिडमा सार्वजनिक

चीनका जुम्ल्याहा पाण्डा म्याड्रिडमा सार्वजनिक

गत सेप्टेम्बरमा चीनले उपहारस्वरुप स्पेनलाइ दिएको ‘यु यु’ र ‘जिउ जिउ’ नाम गरेका जुम्ल्याहा पाण्डालाई हिजो स्पेनको राजधानी म्याड्रिडमा रहेको ’म्याड्रिड चिडियाखाना तथा अक्वारियम’ को ५०औं वार्षिकोत्सव समारोहमा पहिलो पटक सार्वजनिक गरिएको छ ।

सो अवसरमा स्पेनकी महारानी सोफिया, स्पेनका लागि चीनका राजदूत उ हाइथाओ, म्याड्रिडका मेयर जोसे लुइस अल्मेडा र म्याड्रिडका क्षेत्रीय अध्यक्ष इसाबेल डियाज अयुसो सहभागी थिए ।

गत सेप्टेम्बरमा जन्मिएका जुम्ल्याहा पाण्डा छ महिनाका भइसकेका छन् । अहिले ती पाण्डा उक्त चिडियाखानाको मुख्य आकर्षण समेत बनेका छन् ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू