महिलाको शरीर देखाएर कतिसम्म नाफा खान्छौ ?
अहिले आधुनिकताको नाममा समाजलाई पर्ने असरको कुनै पर्वाह नगरी विभिन्न किसिमका अराजक सूचना सम्प्रेषण गर्ने प्रचलन बढ्दो छ । मूलधारका सञ्चार माध्यमहरुले समेत आफ्नो आर्थिकलगायतका स्वार्थको निम्ति महिलाको शरीर प्रयोग गरेर नकारात्मक सन्देश फैलाउने गरेको भेटिएको छ । पश्चिमा संस्कारको देखासिकी गरेर स्वतन्त्रताको नाममा मिडियाहरुले एउटी युवतीलाई पुरुषको खाँचो परेको भन्दै विज्ञापनसमेत गर्न भ्याएका छन् ।
विवाहजस्तो पवित्र सामाजिक र व्यक्तिगत सम्बन्धलाई अफरको रुपमा प्रचार गरिँदा त्यसबाट भोलि समाजमा कस्तो कसर पर्ला ? त्यसमा स्वयम् मिडियाहरु नै जिम्मेवार हुनुपर्ने देखिन्छ । विवाह एउटा पुरुष र महिलाबीचको पवित्र भावनात्मक सम्बन्ध हो । यस्तो सम्बन्धलाई कुनैपनि सोसल मिडियाहरुले कभरेज गर्नु उचित नहुने समाजशस्त्री र अधिकारवादीहरु बताउँछन् ।
विवाह भनेको आफ्ना भावना मिल्नेसँग गरिने एउटा सामाजिक कार्य हो । विवाहलाई एउटा सम्झौता र आमसंस्कारको रुपमा लिने चलन युगौंदेखि कायम छ । अहिले त झन मिडियामा विज्ञापन नै आउन थालेका छन् । यस्ता किसिमका विज्ञापन महिलाप्रति हेरिने पुरुषप्रधान समाजको कुदृष्टिको उदाहरण रहेको बताइन्छ । यस्ता सूचनाले स्वयम् महिलालाई मात्र असर नगरेर सिङ्गो समाजलाई नै दुर्गन्धित बनाउनेमा सबैजसो सहमत देखिन्छन् ।
‘काठमाडौंमा घर र कार भएकी युवतीलाई, घरज्वाईं बस्ने केटा चाहियो’
केही समयअघि युवतीलाई विवाहको निम्ति युवक आवश्यक भन्दै व्यापक प्रचार भएको थियो । त्यसमा ‘काठमाडौंमा घर र कार भएकी युवतीलाई, घरज्वाईं बस्ने केटा चाहियो’ भन्ने शीर्षक राखिएको समाचार विवरण सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । उक्त पोष्टमा झण्डै … (कति जनाले ? ) जनाले आफ्नो प्रतिक्रिया पनि दिएका थिए ।
तर,सो समाचार प्रकाशित गर्ने न्यूज पर्दा डटकमको वेवसाइट भने खुल्दैन । यसबाट उक्त संस्थाको उद्देश्य समाजमा अराजक सूचना सम्प्रेषण गरेर आफ्नो मिडियाको प्रचार गर्न खोजेको पुष्टि हुन्छ । तथापि यो एउटा उदारण मात्र हो । यस्तै राष्ट्रिय सञ्चारमाध्यमहरुमा पनि सोही किसिमका विज्ञापन धेरै समय अघिदेखि आउने गरेका छन् ।
अहिलेको युग आधुनिक र प्रविधिमैत्री छ । तर प्रेस स्वतन्त्रताको नाममा मिडियाहरुबीच अनर्गल प्रचार गर्ने,पाठक, मदर्शक र रेटिङ बढाउन समाजमा पर्ने नकारात्क असरको बेवास्ता गर्दै अनेक किसिमका सूचना सम्प्रेषण गर्ने होडबाजी चलेको पाइन्छ । प्रविधिको विकास र विस्तारसँगै समाजमा यस्ता अराजकता फैलिएकोतर्फ कसैले पनि ध्यान दिएको पाईंदैन ।
महिला अधिकारकर्मी रमिला योञ्जनले समाजमा महिलाप्रतिको नकारात्मक सन्देश फैलिने गरी समाचार, विज्ञापन सम्प्रेषण गर्ने सञ्चार माध्यमहरुलाई कारबाहीको आग्रह गरेकी छन् । यस्ता सूचनाले समाजमा अराजकता निम्त्याउन सक्ने भन्दै उनले तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुसी रहेको बताइन् । रमिलाले भनिन्, ‘महिलाको शरीरलाई प्रयोग गरेर मिडियाले पैसा कमाउने खेल गर्नुहुन्न ।’
उनले यस्ता गलत सन्देश दिने मिडियाका कारण समाजमा अराजकता फैलिन सक्नेतर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताउँदै भनिन्, ‘यसको जड पत्ता लगाएर ती मिडियालाई कारबाही गर्नुपर्छ ।’
यदि कुनै युवतीले नै विवाह गर्ने उद्देश्यले सञ्चारमाध्यममा विज्ञापन र समाचार छापेको हो भने पनि त्यस्तालाई समेत कारबाही गरिनु पर्ने उनको भनाइ छ । समाजमा नकारात्मक सन्देश फैलाउने जो कोहीलाई कानुनी दायरामा ल्याउनु पर्नेमा रमिलालगायतका अधिकारवादीहरुले आवाज उठाएका छन् ।
टिप्पणीहरू