लागुऔषध नियन्त्रण गर्ने गुरुयोजना बन्यो
गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि गुरुयोजना बनाएको छ । गृहअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना २०७९–२०८४ तयार पारेको हो । लागुऔषध सेवनकर्ताको संख्यामा कमी ल्याउन र यसको ओसारपसारमा न्यूनीकरण गर्न शाखाले गुरुयोजना तयार पारेको हो ।
गुरुयोजनामा लागुऔषधबाट लाग्ने रोगदेखि विश्वसनीय उपचारका पद्धतिलाई विस्तार गर्नेसमेत उल्लेख छ । यसका लागि संस्थागत सबलीकरण, नीति निर्माण तथा नीतिगत तादाम्यता, सचेतना र शिक्षाजस्ता विधि अपनाइने शाखाले जनाएको छ ।
लागुऔषध दुव्र्यसनीमा परेकालाई मनोवैज्ञानिक परामर्श दिने, विद्यालय तह र सामाजिक सञ्जालमार्फत सचेतना कार्यक्रम गर्ने, आमा समूहलाई लागुऔषध कार्यक्रममा आबद्ध गरी परामर्श दिनेलगायतका काम गर्ने भनिएको छ ।
त्यसैगरी, सडक बालबालिका सचेतना कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने, नेपाल प्रहरीको साझेदारीबाट समुदायस्तरमा चेतना फैलाउने महाशाखाको भनाइ छ ।
लागुऔषधको गैरकानुनी प्रयोग, सञ्चय र ओसारपसार गर्नेलाई कारबाही गर्ने, हवाई, सडक तथा जलमार्गबाट हुने ओसारपसारमा चेकजाँच बढाउने महाशाखाको निर्णय छ ।
लागुऔषध नियन्त्रण अधिकारीलाई सक्रिय रुपमा परिचालन गर्ने, भन्सार विन्दुमा लागुऔषध पत्ता लगाउने यन्त्र जडान गर्ने, टेस्ट किटमार्फत प्रयोगकर्ता पहिचान गर्ने निर्णय पनि गरिएको हो । पुनस्र्थापना र उपचारको हकमा लैङ्गिक वा जातीय विभेद नगरी स्तरीय उपचार दिन महाशाखाले भनेको छ ।
लागुऔषधको प्रतिस्थापन र सामाजिक पुनस्र्थापना, उपचामा निजी क्षेत्रलाई प्रोत्साहन, पुनस्र्थापना केन्द्रको निश्चित शुल्क निर्धारण, केन्द्रको अनुगमनमा पनि महाशाखाले जोड दिने भएको छ ।
यता, लागुऔषध प्रयोगकर्ताहरुको प्रभावबारे राष्ट्रिय र स्थानीय तहमा सर्वेक्षण गरिने गुरुयोजनामा उल्लेख छ । लागुऔषधसम्बन्धी खोज पत्रकारितालाई प्रोत्साहन गर्न सञ्चारकर्मीसँग साझेदारी गर्न लागिएको छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/f.pdf”]
टिप्पणीहरू