बीपीका हेडसर घुससहित समातिए
रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
प्रधानाध्यापक राकेशकुमार ठाकुर र दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई घुससहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरु दुवै जनाले करार अवधि थप गर्न सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको अख्तियारको अरोप छ ।
सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले यमुनामाई गाउँपालिका–४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर, गौरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
टिप्पणीहरू