फिलिपिन्समा भीषण आँधी, मृत्यु हुनेको संख्या ७५ नाघ्यो

फिलिपिन्समा भीषण आँधी, मृत्यु हुनेको संख्या ७५ नाघ्यो

फिलिपिन्समा आएको भीषण आँधीका कारण ७६ जनाको निधन भएका छ । अगाटोन नामको उक्त आँधीमा परेर धेरै जना हराएको आशंका गरिएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीबाट झण्डै १० लाख नागरिक प्रभावित भएका छन् । पौने दुई लाख जनाले आफ्नो घर र थातथलो छाडेका छन् ।

गत आइतबार फिलिपिन्सको पूर्वी तटबाट छिरेको उक्त आँधीले पाँच दिनमा मुलुकभर प्रभाव पारेको छ । ६० किलोमिटरभन्दा बढी गतिको आँधी र अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ ।

टिप्पणीहरू