बारामा १ किलोबढी चाँदीका गहना बरामद
बारामा सशस्त्र प्रहरी बलले १ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको छ । स्थानीय पचरौता नगरपालिका ६, पकडियास्थित सीमा इलाकामा जाँच गर्नेक्रममा उक्त सामान फेला परेको हो ।
सशस्त्रको बीओपी बेनौलीको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा एक जना भारतीय नागरिकको साथबाट उक्त सामान फेला परेको हो । भारतको बिहार, मोतीहारीका २८ वर्षे शैलेस साहको साथबाट १२ सय ग्राम चाँदीका गहना फेला परेपछि उनले चढेको मोटरसाइकल र चाँदीका सामान बरामद भएको बताइएको छ ।
सशस्त्र प्रहरी बलले अन्दाजी एक लाख ४० हजार रुपैयाँ बराबरको चाँदीका सामान र एक लाख मूल्य बराबरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई गए राति बीओपीमा राखेर आज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको हो ।
टिप्पणीहरू