बालकोटबाट २५ लाखबढीको गहना चोरी
सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित एउटा घरबाट लाखौंको गहना चोरी भएको छ । स्थानीय अधिकारी टोलमा ३३ वर्षीय किरणराज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको हो ।
उनको घरबाट २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको बताइएको छ ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न तर अहिले फरार व्यक्तिहरुको खोजी गरिरहेको छ । बैशाखमा विवाह र ब्रतबन्धको सिजन भएकाले गरगहनाले छपक्कै भएर जाने गरेकाले चोरले अन्दाज लगाएर चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
टिप्पणीहरू