मिस्सी

साथ होस् त यी सुन्दरीको जस्तो होस्

मार्गुरेट एलिस लेहैंण्डलाई सबैले मायाले‘मिस्सी’ भनेर बोलाउँथे । १५ वर्षको उमेरमा बाथरोगको शिकार बनिन्, झण्डै मरिनन् । बाँचे पनि सधैंको लागि खराब कलेजो बोकेर बाँच्न विवश बनिन् । न्युयोर्कमा जन्मेकी उनले कलेजमा सचिवीय विज्ञान पढिन् । र, पढाइ अनुरुपको जागिर खोज्न हिँडिन् । लामो प्रयासपछि बल्ल जागिर पाइन्, जलसेनामा । सानो ओहोदाकी कर्मचारी थिइन् । प्रथम विश्वयुद्ध चलिरहेको थियो । जलसैन्य उपमन्त्री थिए– फ्रेन्कलिन डेलानो रूजबेल्ट । पछि त्यहाँको राष्ट्रपति । स्मरणीय छ…