सेवा ढोग टक्र्याउँदै हर्कले भने- लौन पैसा हाल्दिनुपर्यो !

सेवा ढोग टक्र्याउँदै हर्कले भने- लौन पैसा हाल्दिनुपर्यो !

धरान उपमहानगरपालिकाका मेयर मेयर हर्क सम्पाङ राईले ‘फोहोर व्यवस्थापनको लागि पैसा हाल्दिनु पर्यो’ भन्दै संघीय सरकारलाई चिठ्ठी लेखेका छन् । 

खानेपानी मन्त्री प्रदिप यादवलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि बजेट माग गरिएको छ । मेयर सम्पाङले रैथाने लवजमा लेखेको सरकारी पत्रमा भनिएको छ, ‘फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो !’

वर्षेनी सुख्खा याममा फोहोरमा डढेलो लागेर विजोग हुने गरेको उल्लेख गर्दै पत्रमा लेखिएको छ, 'तारले घेरा लाउन लाको वनका मान्छेहरु आएर डोजरले भत्काइदिए !’

फोहोर व्यवस्थापन सम्बन्धमा यसअघि पनि सरकारको ध्यानाकर्षण गराइएको तर कुनै सहयोग नमिलेको मेयर सम्पाङको गुनासो छ । जनतालाई छिट्टै सेवा चाहिएको बताउँदै लेखेका छन्, ‘यो विषयमा पत्र पठाको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई सेवा र सुविधा तत्काल चाहिएको छ । लौन सरकार खत्रा लाग्नुपर्यो ।’

उनले चिठ्ठीको अन्त्यमा भने सरकारलाई ‘सेवा ढोग’ टक्राएका छन् ।
 

टिप्पणीहरू