डुंगा

उद्धारमा डुंगा छैन, गोदाममा डंगुर

दैवी प्रकोपका घटनामा फ्रन्टलाइनमा रहेर काम गर्ने निकाय हो प्रहरी संगठन । नेपाल प्रहरीले एसएसपीको कमाण्डमा विज्ञ टोली स्ट्याण्डबाई राखेको हुन्छ । तर, महाविपत्तिका बेला सबैभन्दा अगाडि खटिने फौजलाई राज्यले न पूर्णरूपमा स्रोत साधन सम्पन्न बनाउन सकेको छ, न उनीहरूले पर्याप्त तालिम पाएका छन् । डोरी, डुंगा, लाइफ ज्याकेट, टर्चलाइटजस्ता न्यूनतम उद्धार सामग्रीसमेत राज्यले आवश्यक मात्रामा उपलब्ध गराउन सकेको छैन । विपद व्यवस्थापन प्राधिकरणको गोदाममा ५० वटा डुंगा त्यसै थन्काएर राखिँदा नेपाल प्…