प्रेस काउन्सिल नेपाल

झण्डै चार दर्जन युट्युबमाथि कारबाही शुरु

प्रेस काउन्सिल नेपालले झण्डै चार दर्जन युट्युब च्यानललाई कारबाही प्रक्रिया अघि बढाएको छ । तथ्यहीन, भ्रामक, एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गर्दै आएका ४३ वटा युट्युब च्यानलमाथि अनुसन्धान र आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरिएको छ ।  काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका माध्यमबाट गलत सामाग्री प्रसारण गरेमा सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसे…