आफ्नै मन्त्रीसँग काँग्रेसको आक्रोश, प्रतिपक्ष झन् क्रुद्ध
दुई जनाको ज्यान जानेगरी भएको तीनकुने घटनामा सत्तारुढ दल नेपाली काँग्रेसले सरकारको धारणा मागेको छ ।
सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसदहरुले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन् । महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीले समितिको बैठकमै उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।
‘चैत १५ गते तीनकुनेमा भएको के हो ?’, शर्माको प्रश्न छ । उनले अघि भने, ‘बैठकको मुख्य एजेण्डा नै तीनकुने घटना थियो । त्…