खेलकुदमन्त्री तेजुलाल चौधरी
भारतबाट ड्रग्स भित्रिएकोमा खेलकुदमन्त्री चिन्तित
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन् । काठमाडौंमा आज एक कार्यक्रममा बोल्दै उनले दुई देशबीच खुला सीमाना रहेकाले ड्रग्स आयात बढेको धारणा राखेका हुन् । ड्रग्स नियन्त्रणमा कसरी प्रभावकारी कदम चाल्ने भन्नेबारे भारतसँग छलफल गर्न आफूहरु तयार रहेको पनि उनले बताए। नेपालमा विद्यालयस्तरबाटै चुरोट पिउने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा मन्त्री चौधरीको जोड छ । ड्रग्स नियन्त्रणका ला…