पृथ्वीसुब्बा गुरुङ
नेताको नजर परेपछि मन्त्री हुने चलन बसेकोमा चिन्ता
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री बन्न कुनै अनुभव र योग्यता नचाहिने गलत परम्परा स्थापित भएको बताउनुभएको छ । चलचित्रकर्मी परिचयपत्र वितरण गर्न काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । नेताको नजरमा परेपछि योग्यताबिनै मन्त्री बनाउने प्रवृत्तिले सही पात्र छनोट हुन नसकेको र त्यसले देश विकासमा बाधा पुर्याएको मन्त्री गुरुङको भनाई छ । 'हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरुल…