भारतीय सेनाध्यक्षलाई मानार्थ सेनापति दिने तयारी

भारतीय सेनाध्यक्षलाई मानार्थ सेनापति दिने तयारी

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै छ । प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा आएका सेनाध्यक्षलाई परमाधिपति तथा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दर्ज्यानी चिन्ह लगाइदिनुहुने छ ।

राष्ट्रपति कार्यालय,शीतल निवासमा उक्त कार्यक्रमका लागि दिउँसो साढे १ बजे विशेष समारोहको आयोजना गरिँदैछ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहनेछ ।

भारतीय सेनाध्यक्षको सम्मानमा हिजो ललितपुरको झम्सिखेलस्थित प्रधान सेनापतिको निवास शशी भवनमा रात्रिभोजको आयोजना गरिएको थियो ।
 

टिप्पणीहरू