गृहमन्त्रीको साझा धारणा : ऋण नलिने, अनुदान नछाड्ने
गृहमन्त्री रमेश लेखकले बीआरआईका परियोजना स्वीकार गर्ने सम्बन्धमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ । कैलालीको धनगढीमा आयोजित प्रेस भेटघाटमा मन्त्री लेखकले सत्तारुढ नेपाली काँग्रेस र एमालेले बीआरआई सम्बन्धमा ऋण नलिने, अनुदान नछाड्नेबारे साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ
गृहमन्त्री लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा भने स्वीकार नगर्ने भनेर विषयमा नेपाली कांग्रेसले यसअघि नै औपचारिक निर्णय गरेको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीको आगामी चीन भ्रमणको एजेण्डाबारे सोधिएको प्रश्नको जवाफमा उक्त धारणा राख्नुभएको हो ।
उहाँ हिजो र अस्ति धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी जानुभएको हो । उहाँले आगामी निर्वाचनसम्म नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन कायम रहने दाबी गर्नुभएको छ ।
टिप्पणीहरू