वायु प्रदूषण बढेपछि सवारी साधन चेकजाँच गर्दै काठमाडौं महानगर

वायु प्रदूषण बढेपछि सवारी साधन चेकजाँच गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र गुड्ने सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने भएको छ । महानगरले वायु प्रदूषण बढेकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारीसाधनको प्रदूषण चेकजाँच गर्न लागिएको जनाएको छ ।

पछिल्लो समय वायु प्रदूषण बढ्नुको कारण सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ मुख्य कारक रहेको ठानिएको छ । प्रदूषण चेकजाँचको क्रममा मापदण्ड विपरीतका सवारी साधनलाई प्रत्येक पटक एक हजार रुपैयाँका दरले जरिवाना तिराउने तयारी छ । 

‘वायु प्रदूषणका मुख्य कारकहरुमध्ये सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेको र सो कारणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारीसाधनहरुको प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत भएमा महानगरको आर्थिक ऐनबमोजिम प्रत्येक पटकको लागि एक हजार रुपैयँँका दरले जरिवाना गरिने जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।

बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि वायु प्रदूषण नियन्त्रणसम्बन्धी तोकिएको मापदण्ड अनिवार्य रुपमा पालना गर्न महानगरले उद्योग, कलकारखानालगायत धुवाँ उत्सर्जन गर्ने संस्थासँग पनि आग्रह गरेको छ ।
Write to Editor & Uttam
 

टिप्पणीहरू